सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा म¥यो

२०७७ जेठ २१, ०९:२९ खबर संवाददाता

चितवन राष्ट्रिय निकुञ्जमा हावाहुरीले रुख ढल्दा त्यसले लागेर राष्ट्रपति ताल क्षेत्रमा गैँडा मरेको छ। सो क्षेत्र कसरबाट दक्षिण पूर्वमा पर्दछ। निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गएको सोमबार आएको हावाहुरीपछि ढलेको रुखले गैँडा मरेको अनुमान गरिएको छ।

गैँडा रुखले थिचेको अवस्थामा आज भेटिएको हो। उनका अनुसार वयस्क पोथी गैँडा मरेको हो। योसँगै चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन क्षेत्रमा कालगती र दुर्घटनाबाट मर्ने गैँडाको सङ्ख्या २६ पुगेको छ। गत वर्ष निकुञ्ज र वन क्षेत्रमा कालगतीबाट ४३ गैँडा मरेका थिए।

सो घट्नापछि बिहीबारबाट निकुञ्जमा ‘स्पि अप्रेसन’ गरिँदै छ। ठूलो हावाहुरी आएकाले निकुञ्ज क्षेत्रमा क्षति भएको हुनसक्ने भन्दै अप्रेसन गर्न लागिएको उहाँले जानकारी दिए। रासस
 

कमेन्ट लोड गर्नुस