सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक सातादेखि वेपत्ता पुरुषको नहर किनारामा शव फेला

२०७७ जेठ २१, ०८:४७ खबर संवाददाता

कञ्चनपुरमा नहर किनारामा एक पुरुषको शव फेला परेको छ। जिल्लाको भीमदत्तनगरपालिका वडा नम्बर १५ र १८ को सिमानामा पर्ने गोवरीया नहर छेउमा ४० वर्षीय शिवराज बिकको शव फेला परेको हो।

शव गोबरिया नहर नजिकै भेटिएको बताउदै प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले पोष्टमार्टम रिपोर्टपछि वास्तविकता बाहिर आउने बताए।

यद्यपी मृतक बिक विगत एक सातादेखि हराएको र प्रहरीमा खोजीका लागी निवेदन समेत देखीएकाले अनुसन्धान भईरहेको बताए। 

कमेन्ट लोड गर्नुस