सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सातौँ संक्रमितले १३ औँ दिनमा कोरोना जिते, कारागार चलान

२०७७ जेठ २१, ०१:१२ खबर संवाददाता

धनगढी : बैतडीका पहिलो कोरोना संक्रमित युवकले १३ औं दिनमा कोरोना जितेका छन्। जेठ ९ गते कोरोना पुष्टि भएका जिल्लाको शिवनाथ गाउँपालिका २ का २२ बर्षीय युवकले १३ औँ दिनमा कोरोना जितेका हुन्।

धनगढी प्रयोगशालामा बुधवार र मंगलवार गरीएको परीक्षणमा रिपोर्ट नेगेटिभ देखाएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताए।

कोरोना जित्ने युवक जिल्ला प्रहरी कार्यालयका थुनुवा हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक किसन चन्दले अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएकाले उनलाई कारागार चलान गरिएको बताए। 

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना जित्नको सङख्या सात पुगेको छ भने एक जना सुदूरपश्चिमकै संक्रमितले प्रदेश बाहिरको अस्पतालबाट कोरोना जितेका थिए।

सुदूरपश्चिम प्रदेशका ७३ जना कोरोना संक्रमित मध्ये प्रदेशभित्र ७१ र दुई जना कर्णाली प्रदेशमा रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस