सुदूर नेपाललाई विश्वसँग जोड्दै

जग्गा विवादमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते, प्रहरीद्धारा ८ राउण्ड हवाई फायर

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ २१, १२:३१ खबर संवाददाता

दुई समूहबीच झडप हुँदा १५ जना घाइते घाइते भएका छन्। सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर समेत गरेको सप्तरी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो। दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए। घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ।

सो घटनालाई नियन्त्रणमा लिइसकेको र अहिले स्थिति सामान्य भइसकेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस