सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ २१, ०६:१२ खबर संवाददाता

मंगलबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

कालीकोटको जितेगडाबाट नरहरीनाथ गाउँपालिका जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जीप लालिघाटमा दुर्घटना हुँदा जीप चालक रास्कोट नगरपालिका १ का ४० वर्षीय डबलबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जीपमा चामल लैजाँदै गरेका नरहरीनाथ ३ का पूर्णप्रसाद उपाध्याय घाइते भएका छन्। घाइते उपाध्यायलाई जिल्ला अस्पताल कालीकोट लगिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस