सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्केका झण्डै डेढ लाख जना क्वारेन्टिनमा

२०७७ जेठ २१, ०६:०३ रासस

नेपालमा अहिले भारतबाट फर्केर आएका  एक लाख ४५ हजार क्वारेन्टिनमा रहेका,  ६१ जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलिएको, २१ स्थानमा पिसिआर परीक्षणको व्यववस्था गरिएको तथा दैनिक रुपमा तीन हजारको  पिसिआर परीक्षण भइरहेको छ।

कोभिड–१९ को सङ्क्रमणलाई जितेर घर फर्कनेको सङ्ख्या २६६ रहेको तथा पछिल्लो समय दैनिक २५० का सङ्ख्यामा सङ्क्रमण बढिरहेको तथ्याङ्कले पुष्टि गरेको छ  मुलुकमा अहिले कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस