सुदूर नेपाललाई विश्वसँग जोड्दै

खुकुरी प्रहारबाट एकजना घाइते

२०७७ जेठ २०, १०:४९ रासस

दाङमा खुकरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका – ६ राजापुर निवासी ४३ वर्षीय कृष्ण सुनार गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार आज साँझ साढे ५ बजेतिर सोही ठाउँका ३० वर्षीय सन्तोष सुवेदीले खुकुरी प्रहार गर्दा घाइते भएका सुनारको राप्ती प्रादेशिक अस्पतालमा  उपचार भइरहेको छ।

अभियुक्त सुवेदी भने फरार रहेकाले खोजी  भइरहेको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस