सुदूर नेपाललाई विश्वसँग जोड्दै

वुहानका डाक्टरको आइसियूमा उपचार गर्दागर्दै मृत्यु

२०७७ जेठ २०, ०४:१२ खबर संवाददाता

कोरोना भाइरसको नयाँ तरिकाबाट उपचार गर्न सिकाएका वुहानका चिकित्सक डा। हु वेइफेङको आइसियूमा उपचार गर्दागर्दै मृत्यु भएको छ। उनलाई गत महिनादेखि इन्टेन्सिभ केयरमा राखेर उपचार सुरु गरिएको थियो।

सामाजिक सञ्जालमा उनको स्वास्थ्य राम्रो भनिए पनि मंगलबार बिहान उनको मृत्यु भएको चिनियाँ सरकारी मिडियाहरुले उल्लेख गरेका  गरेका छन्। यस्तै वुहान सेन्ट्र अस्पतालका डाक्टरहरुमध्ये डा।हु अन्तिम चिकित्सक हुन जसले अन्तिम डिसेम्बरबाट विरामीको उपचारका लागि आएका थिए।

कोरोना भाइरसका कारण मर्ने उनी उक्त अस्पतालका छैठौँ डाक्टर हुन्। यस्तै त्यहाँ रहेका करीब २ सय ३० बढी कर्मचारीहरु पनि कोरोबाट संक्रमित रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस