सुदूर नेपाललाई विश्वसँग जोड्दै

दैलेखमा भारतबाट आएका क्वारेन्टिनबाटै भागे

२०७७ जेठ १९, ०९:०१ खबर संवाददाता

दैलेख सदरमुकामस्थित एक क्वारेन्टिनमा रहेका नागरिकहरु भागेका छन्। नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरु सोमबार भागेका हुन्। १ सय ५ जनाको क्षमता भएको क्याम्पसमा भारतबाट आएका २ सय १९ जनालाई राखिएको थियो।

कोरोना संक्रमितलाई पनि दुई दिनदेखि सँगै राखेपछि उनीहरु भागेका हुन्। दुई दिनअघि पुष्टि भएका १७ जनासमेत क्वारेन्टिनमा रहेका छन् । क्वारेन्टिनमै रहेका अन्यमा पनि सोमबार कोरोना पुष्टि भएको छ।

योसँगै क्वारेन्टाइनमा रहेका संक्रमितको संख्या मात्रै ३४ पुगेको छ। यता प्रहरीले भने भाग्न खोज्नेलाई पुनः क्वारेन्टिनमै राखिएको बताएको छ। दैलेखमा मजदुरीको लागि भारत गएका नागरिकहरु ठूलो संख्यामा भित्रिएका छन्। हाल नारायण नगरपालिकामा मात्रै १४ सय बढी नागरिक रहेका छन्।

भारतबाट आउने क्रम नरोकिएकोले व्यवस्थापनमा कठिनाइ भएको मेयर रत्नबहादुर खड्काको भनाइ छ।

कमेन्ट लोड गर्नुस