सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा झण्डै ५० हजारलाई राखियो क्वारेन्टिनमा

२०७७ जेठ १९, ०७:४२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिममा लकडाउनको अवधिमा भरात लगायतका क्षेत्रबाट फर्किएका झण्डै ५० हजारलाई क्वारेन्टिनमा राखिएको छ। कोरोना भाईरसको जोखिममा रहेका ४९ हजार नौ सय ५३ जनालाई क्वारेन्टाईनमा राखिएको हो।

प्रदेशभरी ५६ हजार ५२ जना अटाउने एक हजार चार सय ६६ वटा क्वारेन्टिन बनाईएकोमा भारतबाट आएका ४३ हजार तीन सय ५७ जना पुरुष र छ हजार पाँच सय ९६ जना महिला गरी ४९ हजार नौँ सय ५३ जनालाई क्वारेन्टिनमा राखिएको हो। स्वास्थ्य निर्देशनालय सबैभन्दा बढि कैलालीमा १३ हजार दुई सय १२ जनालाई क्वारेन्टिनमा राखिएको छ। डोटीमा सात हजार छ सय ७३, कञ्चनपुरमा सात हजार छ सय ५१ जनालाई क्वारेन्टाईनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।

यस्तै बैतडीमा ५ हजार तीन सय ८६, डडेल्धुरामा चार हजार दुई ५२, अछाममा चार हजार ५ सय २४, बझाङ दुई हजार ६ सय ६९, बाजुरामा तीन हजार पाँच सय ७४ र दार्चुलामा एक हजार १२ जनालाई क्वारेन्टाईनमा राखिएको छ। उनीहरु मध्ये अहिलेसम्म झण्डै डेढ हजारको ¥यापिड टेस्ट भएको छ भने झण्डै तीन सय जनाको कोरोना परीक्षण भएको छ।

कमेन्ट लोड गर्नुस