सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खप्तड डेरीले उत्पादन गर्ने ‘निको दुध’ मा किरा भेटियो

२०७७ जेठ १९, ०७:२० खबर संवाददाता

धनगढी : खप्तड डेरी प्रालीले उत्पादन गर्दै आएको निको दुधमा किरा भेटिएको छ। धनगढी उपमहानगरपालिका ५ हसनपुरका तिलक बोगटीले खरिद गरेको दुधमा किरा भेटिएको हो।

 ‘खप्तड डेरीले उत्पादन गर्दै आएको निको दुध दैनिक उपभोग गर्दै आएको छु,’ बोगटीले  भने, ‘आज खरिद गरिएको दुधमा किरा भेटिएको छ। यसरी दैनिक उपभोग्य खाद्य पदार्थमा किरा भेटिनु लापरवाही हो।’ 

उता निको दुध उत्पादन गर्ने कम्प्नी खप्तड डेरी ईन्ड्रस्टीज प्रालीले पनि किरा भेटिएको हुन सक्ने बताएको छ। खप्तड डेरी सञ्चालक समितिका अध्यक्ष रविनकान्त पन्तले उपभोक्ताबाट गुनासो आएको र आफुहरुले गल्ती स्वीकार गरिसकेको बताए। प्याकिङ्ग गर्दा ¥यापर मार्फत किरा गएको हुन सक्ने उनले बताए। 

कमेन्ट लोड गर्नुस