सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिलाका लागि छुट्टै क्वारेन्टिन

२०७७ जेठ १९, ०३:५२ रासस

बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन निर्माण भएको छ। गुलरिया –४ कोटही माध्यमिक विद्यालयमा ३० शैया क्षमता भएको क्वारेन्टिन निर्माण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। उक्त क्वारेन्टाइनमा भारतबाट आएका चार महिला छन्।

क्वारेन्टिनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताए। जिल्लामा ८० शैयाको आइसोलेशन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिएर। जिल्लामा १४४ क्वारेन्टिनमा महिलापुरुष गरी तीन हजार ९१८ जना छन्।
 

कमेन्ट लोड गर्नुस