सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ५ सिडिओको सरुवा

२०७७ जेठ १९, ०३:३९ खबर संवाददाता

धनगढी : गृह मन्त्रालयले सोमबार ४४ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। सुदूरपश्चिममा पनि चार सिडिओ र एक जना उपसचिवको सरुवा भएको छ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यागमन विभाग कालिकास्थानमा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको धनुषामा, बझाङका प्रमख जिल्ला अधिकारी उमेश पाण्डेयको झापामा, इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख हिरालाल चौधरीको कैलालीको सहायक प्रमुख जिल्ला अधिकारीमा, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको ईलाका प्रशासन कार्यालय तुल्सीपुर दाङमा सरुवा भएको हो।

उनीहरुको स्थानमा डोटीमा उदयपुरबाट भीमप्रशाद भट्टराई, दार्चुलामा धनुषाबाट शरदकुमार पोखरेल, बझाङमा सिराहाबाट कमलराज भण्डारी, टीकापुरमा ईलाका प्रशासन कार्यालय चन्द्रौटाबाट शंकरवहादुर विष्टको खटाईएको छ।

बैतडीका प्रमुख जिल्ला अधिकारी पौडेल भने काजमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थिए। बैतडीमा भने यसअघि नै प्रमुख जिल्ला अधिकारीमा मोहन जोशीलाई खटाईएको थियो। 
 

कमेन्ट लोड गर्नुस