सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँके दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको कोरोना परीक्षण गरिँदै

२०७७ जेठ १९, ०१:५३

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गएराति भएको गाडी दुर्घटनामा मृत्यु तथा घाइते भएकामा कोरोना भाइरस भए÷नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरेर परीक्षण थालिएको छ।

मृतक तथा घाइते सबै भारतबाट आएकाले उनीहरुमा कोरोना सङ्क्रमणको जाखिम रहेकाले स्वाब सङ्कलन गरी परीक्षण थालिएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए।

उनका अनुसार उनीहरु सबैको स्वाब सङ्कलन गरेर कोरोना परीक्षण थालिएको हो। “कोरोना भाइरस सङ्क्रमण बढिरहेका बेला मृतकमा सङ्क्रमण भए÷नभएको पुष्टि गरेर शवको व्यवस्थापन गर्नुपर्ने भएकाले स्वाब सङ्कलन गरिएको हो”, निमित्त मेसु थापाले भने, “मृतकमा कोरोना सङ्क्रमण नभए परिवारको जिम्मा लगाइनेछ भने सङ्क्रमण देखिएमा सोहीअनुसार शव व्यवस्थापन गरिनेछ।” रासस
 

कमेन्ट लोड गर्नुस