सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीमा थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९८ पुग्यो

२०७७ जेठ १९, १२:५४ खबर संवाददाता

कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ। आइतबार राति सुर्खेतमा रहेको पशुपंछी रोग अन्वेषण केन्द्रमा रहेको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ३२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ४३ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार   दैलेख नारायण नगरपालिका वडा नम्बर १, ३, ४, ५, ८ र  १० का १६ जना, महावु गाउँपालिका ३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नम्बर १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नम्बर १ र १० का पाँचजना पुरुष रहेका छन्। यस्तै, स्थानीय तह नखुलेका दैलेखका सिमडा गाउँका दुई जना पुरूष, देवलकाँडा गाउँका ३ जना पुरूष, सोत गाउँका १ पुरूष, साडु गाउँका १ पुरूष र जुकेपानी गाउँका १ जना पुरूषमा पनि कोरोना पोजेटिभ देखिएको छ।

पछिल्लो समय देखिएका कोरोना संक्रमितमध्ये सुर्खेतका ५ जना पुरूष रहेको स्वास्थ्य महाशाखाले जनाएको छ। जसमा बराहताल गाउँपालिका–१ का ४ जना छन् भने १० का १ जना छन्। यस्तै पछिल्लो २४ घण्टाभित्र सल्यानका १० जनामा कोरोना पुष्टि भएको छ। जसमा वनगाड कुपिण्डे नगरपालिका–१ का २ जना पुरूष, ३ का २ जना पुरूष, ५ का ३ जना पुरूष, ६ का १ जना पुरूष र ७ का दुई जना पुरूष रहेका छन्।

यस्तै जुम्लाका २० जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमध्ये दुई जना जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत सुरक्षाकर्मी रहेका छन्। जिल्लाको हिमा गाउँपालिका १ का २ जना पुरूष, ५ का ४ जना पुरूष, ६ र ७ नम्बर वडाका एकरएक जना पुरूष, सिंजा गाउँपालिका–३ का १ जना पुरूष, ४ का ३ जना पुरूष, ५ का २ जना पुरूष र ६ का ३ जना पुरूष रहेका छन्।

पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमण पुष्टि भएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ। आइतबारसम्म कर्णालीमा १२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
 

कमेन्ट लोड गर्नुस