सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका संक्रमित डिस्चार्ज, १० दिनमै जिते कोरोना

२०७७ जेठ १९, १२:३८ खबर संवाददाता

धनगढी : सुदूरपश्चिममा छैठौँ व्यक्तिले कोरोना भाईरस लाई जितेका छन्। डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवकले १० दिनमै कोरोनालाई जितेका हुन्।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको दुई पटक रिर्पोट नेगिटिभ आएपछि डिस्चार्ज गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिश विष्टले बताए। 

सरकारी र्मचारी समेत रहेका ती युवकमा गत जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यो सँगै सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ६ पुगेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष सोही ठाउँकी ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्कीकी ६१ बर्षीय महिला यसअघि नै कोरोनालाई जितेर घर फर्किसकेका छन्।

यस्तै अछामका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएकोमा उनी १६ दिनमा कोरोनालाई जितेर घर फर्किसकेका छन्। उनको भने प्रदेश बाहिरको बलम्बु अस्पतालमा उपचार भईरहेको थियो। 
 

कमेन्ट लोड गर्नुस