सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु

२०७७ जेठ १९, ०६:४२ खबर संवाददाता

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। २२ जना घाइते भएका छन्। भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन्।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकाहरुको नेपालगञ्जमा उपचार भइरहेको छ। मृतकको सनाखत नभएको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस