सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाका कारण विश्रभर पछिल्लो २४ घण्टामा ३ हजार बढीको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ १९, ०६:२० खबर संवाददाता

कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्रमा ३ हजारभन्दा धेरैको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ हजार १८५ जनाको मृत्यु भएको हो।

सबैभन्दा धेरै अमेरिकामा ६३३ कोरोना संक्रमितको मृत्यु भएको छ। ब्राजिलमा ४८०, मेक्सिकोमा ३६४, भारतमा २२३, रुसमा १३८ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७३ हजार भन्दा बढी छ। 
 

कमेन्ट लोड गर्नुस