सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा एकै दिन २० हजार बढीमा कोरोना संक्रमण

२०७७ जेठ १९, ०५:५० खबर संवाददाता

५ महिनादेखि जारी कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ६३० जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार १८७ पुगेको छ।

भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १४५ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै कुल संक्रमितको संख्या १८ लाख ३६ हजार ९६५ पुगेको छ। कुल संक्रमितमध्ये ५ लाख ४१ हजार ३६९ जना संक्रमणमुक्त भएका छन्। 
 

कमेन्ट लोड गर्नुस