सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ४३ हजार बढिलाई राखियो क्वारेन्टिनमा

२०७७ जेठ १८, ०८:०३ खबर संवाददाता

धनगढी  ः सुदूरपश्चिममा लकडाउनको अवधिमा भरात लगायतका क्षेत्रबाट फर्किएका झण्डै ४३ हजारलाई क्वारेन्टिनमा राखिएको छ। कोरोना भाईरसको जोखिममा रहेका ४३ हजार छ सय ६२ जनालाई क्वारेन्टाईनमा राखिएको हो। उनीहरुमध्ये अधिकासं भारतका कोरोना भाईरसको जोखिम भएको क्षेत्रबाट फर्किएका छन्। 

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार क्वारेन्टाईनमा राखिएका मध्ये ३८ हजार एक सय ५९ जना पुरुष र ५ हजार ५ सय तीन जना महिला रहेका छन्। सबैभन्दा बढि कैलालीमा ११ हजार ६ सय ८९ जना, डोटीमा ७ हजार ९०, कञ्चनपुरमा ६ हजार चार सय ९० जनालाई क्वारेन्टाईनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।

यस्तै बैतडीमा ५ हजार २१, डडेल्धुरामा तीन हजार ८ सय ११, अछाममा तीन हजार ६ सय ४५, बाजुरामा तीन हजार एक सय ५१ र दार्चुलामा आठ सय ६४ जनालाई क्वारेन्टाईनमा राखिएको छ। उनीहरु मध्ये अहिलेसम्म झण्डै डेढ हजारको र्‍यापिड  टेस्ट भएको छ भने झण्डै दुई सय जनाको कोरोना परीक्षण भएको छ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले क्वारेन्टाईन अवधि सकिएपछि अन्यको समेत परीक्षण हुने जानकारी दिए।

 

कमेन्ट लोड गर्नुस