सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउन जेठ ३२ सम्म कायम राख्ने मन्त्रिपरिषदको निर्णय

२०७७ जेठ १७, ०९:३४

नेपालमा सातौँ पटक लकडाउन थपिएको छ। शनिबार साँझको मन्त्रिपरिषदको बैठकले जेठ ३२ गते सम्म लकडाउन कायम राख्ने निर्णय गरेको हो।

चैत ११ गतेबाट देशव्यापी सुरु भएको लकडाउनको पछिल्लो पटक कायम गरेको अवधि जेठ  २० गते मङ्गलबार सकिँदै थियो।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान र सीमान नाका असार १३ गतेसम्म बन्द राख्ने निर्णय समेत गरेको छ। यद्यपि भारतबाट स्थलमार्ग भएर स्वदेश फर्कन चाहने नागरिकलाई भने पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म २० वटा नाकाबाट आउन पाइने छ। 

सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी समेत गरेको छ। मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने समेत निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो। त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले सो निर्णय गरेको हो।

कमेन्ट लोड गर्नुस