सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ५५३

२०७७ जेठ १७, ०९:०९ खबर संवाददाता

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ। पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद पोखरेलले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
यसअघि यस प्रदेशमा ९८ जना सङ्क्रमित निको भएर घर फर्केका छन्। यस प्रदेशका आठवटै जिल्लामा एकैपटक सो अवधिमा कोरोना सङ्क्रमित फेलापरेको हो। नयाँ थपिएका ५७ जना सङ्क्रमितमा सप्तरीमा नौ, सिरहामा ११, धनुषामा सात, महोत्तरीमा चार, रौतहटमा १७, बारामा एक र पर्सामा दुई जना छन्।
यस प्रदेशमा सबैभन्दा बढी रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या १८८ पुगेको छ। पर्सामा तीन भारतीयसमेत गरी १०३, सर्लाहीमा ६२, बारामा ५४, धनुषामा ४९, सप्तरी ४३, महोत्तरी २७ र सिरहा २५ जना कोरोना सङ्क्रमित रहेका छन्।

स्वाब र क्वारेन्टिनको अवस्था
 यस प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र बनाइएको छ। आज एकैदिनमा ९४० जनाको स्वाबको नमूना सङ्कलन गरिएको सचिव डा घिमिरेले जानकारी गराए। अहिलेसम्म यस प्रदेशमा १२ हजार ५६६ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा नौ हजार ९०९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार १०३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।
कोरोना सङ्क्रमितको सङ्ख्या र भारतबाट फर्कनेको सङ्ख्या व्यापकरुपमा बढ्न थालेपछि क्वारेन्टिनको सङ्ख्यामा पनि निरन्तररुपमा वृद्धि भइरहेको छ। यस प्रदेशमा ३७१ वटा क्वारेन्टिनमा २५ हजार ३२२ श्ययाको व्यवस्था गरिएको छ। यतिखेर विभिन्न क्वारेन्टिनमा २० हजार ९३३ जना, होम क्वारेन्टिनमा पाँच हजार ७१३ जना र आइसोलेसनमा ३०८ जना बसेका छन्। आइसोलेसन कक्षमा ७४४ वटा श्ययाको व्यवस्था गरिएको छ।
 

कमेन्ट लोड गर्नुस