सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या सात पुग्यो

२०७७ जेठ १७, ०७:१४ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) कारण थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ। दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे। 

उनको स्वाब तीन दिनअघि पठाइएको थियो।  भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ। 

कमेन्ट लोड गर्नुस