सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकाबाट आज ४२०७ जना भित्रिए

२०७७ जेठ १७, ०६:३७ खबर संवाददाता

धनगढी :  कैलालीको त्रिनगर नाकाबाट आजपनि भारतमा अलपत्र परेका नेपालीको उद्धार गरिएको छ। स्थानीय प्रशासनको समन्वयमा आजपनि उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार आज मात्रै चार हजार दुई सय ७ जनाको उद्धार गरीएको छ। आज उद्धार गरिएका कसैको पनि परीक्षण हुन नसकेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।  

आज चार हजार बढिको उद्धार भएसंगै कैलालीको त्रिनगर नाकाबाट जेठकाे १३ दिनको अवधीमा ३७ हजार ६ सय ४१ जनाको उद्दार गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ २, ३ र ८ गते एक हजार चार सय ५० जनाको र्‍यापिड टेस्ट गरिएकोमा बाँकी ३६ हजार बढिको र्‍यापिड टेस्ट समेत भएको छैन्।

कमेन्ट लोड गर्नुस