सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा १०० जनाको आरडिटी पोजेटिभ

२०७७ जेठ १७, ०५:४८ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा २१ हजार ८ सय २० जनाको बढीको र्‍यापिड टेस्ट गर्दा १०० जनामा पोजेटिभ देखाएको छ। 

प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार सार्वजनिक गरेको तथ्याङक अनुसार अहिलेसम्म १०० जनामा आरडिटी पोजेटिभ देखाएकोमा ७० जनाको मात्रै पीसीआर मार्फत परीक्षण गरिएको छ। ती सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। बाँकी ३० जनाको भने पीसीआर मार्फत परीक्षणका लागि स्वाब संकलन गरिएको तर परीक्षण रिपोर्ट आएको छैन। 

यस्तै सुदूरपश्चिम प्रदेशभरी अहिलेसम्म ५ हजार ५ सय ३६ जनाको कोरोना परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। जसमा २० जनाको रिपोर्ट पोजेटिभ आएको थियो। 
 

कमेन्ट लोड गर्नुस