सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा एकैदिन ८ हजार संक्रमित

२०७७ जेठ १७, ०५:२९

भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा अहिले सम्मकै धेरै संक्रमित भएका छन्। स्वास्थ्य अधिकारीहरुकाअनुसार पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल सात हजार ९६४ जनामा संक्रमण भएको हो।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक लाख ७३ हजार ७६३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण अरु २६५ जनाको मृत्यु भएको पनि जानकारी दिएको छ। योसँगै कुल मृतकको संख्या चार हजार ९७१ पुगेको छ।

पछिल्लो विवरण अनुसार देशभरी अहिले पनि ८६ हजार ४२२ जना संक्रमित अवस्थामै रहेका छन् भने ८२ हजार ३७० जना संक्रमणमुक्त भएका छन्। भारतमा पटक पटक गरेर देशव्यापी लकडाउनको अवधि थपिदै लगिएको छ भने जनजीवन कष्टकर हुन थालेपछि अहिले विभिन्न चरणमा लकडाउनलाई खुकुलो बनाइदै लगिएको छ। -रासस

कमेन्ट लोड गर्नुस