सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद्को बैठक बोलाइयो, लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने

२०७७ जेठ १७, ०२:४७ खबर संवाददाता

प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा शनिबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। बैठकमा शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुनेछ। 

आजको बैठकमा कोरोनाभाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने बताइएको छ।

साथै लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने बारे समेत छलफल हुने बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस