सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीमाथि आक्रमण गर्ने वडाध्यक्ष पक्राउ

२०७७ जेठ १७, १२:०९

प्रहरीमाथि आक्रमण गरेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन्। रौतहटकाे गुजरा नगरपालिका ४ का वडाध्यक्ष पवनराज गिरी पक्राउ परेको प्रहरीले जनाएको छ।

भारतका विभिन्न सहरबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्ने विषयमा वडाध्यक्ष गिरी र उपमेयर रौसन खातुन शेखबीच विवाद भएको छ। गुजरामा भारतका विभिन्न ठाउँबाट ७८ जना नागरिक आएका छन्। उपमेयर खातुनले उनीहरुलाई सिम्राभवानीपुर क्वारेन्टाइनमा लैजान खोज्दा वडाध्यक्ष गिरीले मावि कनकपुरको क्वारेन्टाइनमा राख्नुपर्ने अडान लिएका थिए। त्यसक्रममा दुई पक्षबीच विवाद भएको थियो।

भारतबाट आएका ७८ जनालाई शुक्रबार साँझ सिम्राभवानीपुरस्थित क्वारेन्टाइनमा लैजानेक्रममा उपमेयर शेख र वडाध्यक्ष गिरीबिच भनाभन हुँदा प्रहरी कार्यालय बिजयपुरका इन्सपेक्टर चन्द्रकिशोर साहको कमान्डमा प्रहरी टोली घटनास्थमा पुगेको थियो। 

प्रहरीले सम्झाइबुझाइ गर्न खोज्दा वडाध्यक्ष गिरी पक्षका मानिसले प्रहरी टोलि माथि ढुङ्गामुढा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए।

प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले वडाध्यक्ष गिरीलाई पक्राउ गरेको हो। आक्रमणमा परी इन्स्पेक्टर साहको देब्रे हातमा चोट लागेको छ। ढुंगाले लाग्दा साहको मोबाइल समेत फुटेको उनले बताए।

कमेन्ट लोड गर्नुस