सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट आएका थप १४ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या ६० पुगे

२०७७ जेठ १७, ११:४४ खबर संवाददाता

कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो। पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ।

सुर्खेतमा रहेको प्रयोगशालामा चाप भएपछि सुर्खेत र दैलेखबाट संकलन गरिएको स्वाब जुम्ला पठाइएको थियो। थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नम्बर २ का एकजना, ३ एकजना, ४ का तीनजना, ६ का एकजना, ८ का दुईजना, ९ का दुईजना, १० का दुईजना र ११ का दुई जना रहेका छन्।

उनीहरु क्रमशः २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका रहेको बताइएको छ।  संक्रमित सबै केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए।

योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णालीमा ६० पुगेको छ। हालसम्म कर्णालीका सुर्खेत र दैलेखमा मात्रै संक्रमित भेटिएका छन्। 
 

कमेन्ट लोड गर्नुस