सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार नाघ्यो

२०७७ जेठ १७, ०६:१०

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म  कोरोना भाइरसको संक्रमणबाट ४ हजार ९ सय ८० जनाको मृृत्यु भइसकेको छ। 

यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ७३ हजार ४ सय ९१ पुगेको छ। कोरोनाबाट संक्रमित भएका ८२ हजार ६ सय २७ जना भने उपचारपछि निको भएका छन्।

 

कमेन्ट लोड गर्नुस