सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टाबाट ८ गते धनगढी भित्रिएका ६ जनामा कोरोना

२०७७ जेठ १३, ०४:०२ खबर संवाददाता

धनगढी : गौरीफन्टा नाकाबाट जेठ ८ गते उद्धार गरिएका ६ जनामा कोरोना संक्रमण देखिएको छ। अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिकामा आज कोरोना पुष्टि भएसंगै सोही दिन उद्धार गरिएका संक्रमितको सङख्या ६ पुगेको हो।

बालिकाका ३२ बर्षीय बुवामा आईतवार नै कोरोना पुष्टि भईसकेको थियो भने शनिवार चार जनामा कोरोना पुष्टि भएको थियो। ८ गते उद्धार गरीएका बैतडीको शिवनाथ गाउँपालिका  वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा शनिवार कोरोना पुष्टि भएको थियो।

संक्रमित ६ जनाकै सेती अस्पतालमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। 

उक्त दिन गौरीफन्टा नाकाबाट दुई हजार चार सय ९८ जनाको उद्धार गरिएको थियो। संक्रमित ६ जना बाहेक अधिकासंलाई अहिले सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिएको छ।

आज ११ बर्षीय बालिका र कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या १७ पुगेको छ। ५ जना संक्रमित भने कोरोनालाई जितेर घर फर्किसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस