सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट विश्वभर ३ लाख ४८ हजारको मृत्यु

२०७७ जेठ १३, ०३:४६

जेनेभा :  कोरोनाभाइरसका कारण विश्वभर झण्डै ३ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या करिब ५६ लाख पुगेको छ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९० हजार नयाँ संक्रमित भेटिएका छन्। विगत २४ घण्टामा विश्वभर ३ हजारको ज्यान गएको छ। 

प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार १६६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २८ लाख २१ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ।  –रासस/एएफपी  
 

कमेन्ट लोड गर्नुस