सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट धनगढी फर्किएका बुवाछोरीमा कोरोना पुष्टि

२०७७ जेठ १३, ०३:३६ खबर संवाददाता

धनगढी : भारतबाट धनगढी फर्किएका बुवाछोरीमा कोरोना पुष्टि भएको छ। अछामको मेल्लखे गाउँपालिकाका ३२ बर्षीय पुरुष र उनकी ११ बर्षीय छोरीमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आईतवार ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएकोमा आज उनकी ११ बर्षीय छोरीमा कोरोना पुष्टि भएको हो। संक्रमित पुरुष छोराछोरी र श्रीमती सहित ८ गते गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए।

सेती प्रादेशिक अस्पतालका अनुसार उनकी श्रीमती र छोरामा भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखाएको छ। 

संक्रमित बुवाछोरीलाई भने सेती अस्पतालको आईसोलेसनमा राखिएको छ। 

कमेन्ट लोड गर्नुस