सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाईको मासु धनगढी ल्याउँदै गरेका तीनजना कञ्चनपुरबाट पक्राउ

२०७७ जेठ १३, ०१:२६ खबर संवाददाता

धनगढी : कञ्चनपुरको पुनरवासमा गौ हत्याको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ। पुनरवास नगरपालिका वडा नम्वर ३ रामबस्ती घर भएकी ४५ बर्षीय माईली तामाङ, सोही ठाउँकी ३१ बर्षीय प्रेममाया तामाङ र भारतको पिलिभित जिल्ला पुरनपुर घर भएका भारतीय नागरिक ३१ बर्षीय ऐजाज अहमदलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए।

युपी २६ यु ५४४६ नम्बरको मोटरसाईकलमा गाईको मासु धनगढीतर्फ ल्याउँदै गर्दा पुनर्वास नगरपालिका–५, पशुपति चोक नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक सिंहले बताए। तीनै जनालाई म्याद थपका लागि आजै जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी निरीक्षक सिंहले बताए। 
 

कमेन्ट लोड गर्नुस