सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्वारेन्टिनमा मुत्यु

२०७७ जेठ १३, १२:३७

प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज मुत्यु भएको छ। ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उनी लामो समयदेखि भारतमा बे्रन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ। शव के गर्ने भन्ने विषयमा प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताए। महिलासँगै उनका श्रीमान, भाइ र छोराछोरीसहित यही  जेठ ८ गते नेपाल आएको र उनीहरुलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताए। परिवारका पाँच सदस्यको कोरोना आरडिटी हुँदै छ। स्वास्थ्य शाखा प्रमुख गुरुङले भने, ‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने  छौँ।’
 

कमेन्ट लोड गर्नुस