सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट आएका थप १२ जनामा कोरोना पुष्टि

२०७७ जेठ १३, १०:०९ खबर संवाददाता

नेपालमा भारतबाट आएका थप १२ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई/दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

नयाँ पुष्टि भएका सबै संक्रमित भारतबाट आएका हुन्। उनीहरुलाई कर्णाली  प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा लैजाने तयारी गरिएको छ।

कमेन्ट लोड गर्नुस