सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ कोरोना संक्रमितसंगै गौरीफन्टाबाट आएका २४९८ जना कुन जिल्लाका कति ?

२०७७ जेठ १३, ०८:२१ खबर संवाददाता

धनगढी : जेठ ८ गते भारतबाट धनगढी भित्रिएका पाँच जनामा कोरोना पुष्टि भईसकेको छ। जेठ १० गते चार र ११ गते एक जना गरी पाँच जनामा कोरोना पुष्टि भएको हो। उनीहरु मध्ये चार जना बैतडीको शिवनाथ गाउँपालिकाका छन् भने एक जना अछामको मेल्लेखका छन्।

शनिवार बैतडीको शिवनाथ गाउँपालिका  वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषलाई कोरोना पुष्टि भएको थियभो भने आईतबार अछामको मेल्लेख गाउँपालिका वडा नम्वर ४ का ३२  वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनीहरुको सेती अस्पतालमा उपचार भईरहेको छ। 

पाँचै जना कोरोना संक्रमित पुरुष ८ गते गौरीफन्टा नाकाबाट फर्किएका थिए। सीमा नाकामा गरीएको परीक्षणमा कोरोनाको लक्षण देखिएपछि उनीहरुलाई ८ गते रातिदेखि नै सेती अस्पतालको आईसोलेनमा राखिएको थियो। 

गौरीफन्टा नाकाबाट उनीहरुसँगै सोही दिन दुई हजार चार सय ९८ जनाको उद्धार गरिएको थियो भने झण्डै ६ सय जनाको मात्रै ¥यापिड टेस्ट गरिएको थियो।

३९ जिल्लाका दुई हजार चार सय ९८ मा संक्रमित पाँच जना बाहेक सबैलाई अहिले स्थानीय तहको क्वारेन्टाईनमा राखिएको छ। तर परीक्षण हुन सकेको छैन्। सो दिन गौरीफन्टाबाट उद्धार गरिएका नेपाली मध्ये सबैभन्दा बढी बैतडीका ८ सय २९ जना थिए।

यस्तै डोटीका तीन सय ८२, डडेल्धुराका तीन सय ३१, कैलालीका दुई सय ८९, अछामका एक सय ८१ र कञ्चनपुरका एक सय ४५ सहित ३९ जिल्लाका दुई हजार चार सय ९८ जनाको उद्धार गरिएको थियो। 

 

कमेन्ट लोड गर्नुस