सुदूर नेपाललाई विश्वसँग जोड्दै

निरोगी नेपाल निर्माणको लागि प्रधानमन्त्रीका पाँच टिप्स

२०७७ जेठ १२, ०७:३३ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माण गर्न पाँच टिप्स दिएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले निरोगी बन्ने पाँचवटा विधी बताएका हुन्।

निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न आग्रह गर्दछु:

– पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आपूmलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं।

– दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं। शारीरिक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ।

– तेस्रो, भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ।

– चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ।

– पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ।

कमेन्ट लोड गर्नुस