सुदूर नेपाललाई विश्वसँग जोड्दै

पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री ओनिल पक्राउ

२०७७ जेठ १०, ०८:३८

पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पिटर ओनिललाई भष्ट्राचार आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाइ स्वदेश फर्किए लगत्तै पक्राउ गरिएको थियो। उनले इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूपले ल्याएको आरोपपछि छानविनका लागि पक्राउ गरिएको ‘रोयल पपुवा न्यूगिनी कोन्स्टाबुलरी’का सह–आयुक्त होज एटेद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

 “घटनामा उहाँले कार्यालय र अधिकारीलाई प्राप्त अधिकारको दुरूपयोग गरेको भन्ने तथ्यगत आधारहरू पेश भएका छन्। उहाँलाई छानविनका लागि पक्राउ गरिएको हो।” विज्ञप्तीमा भनिएको छ।पक्राउपछि पूर्व प्रधानमन्त्री ओनिलले आफूलाई राजनीतिक पूर्वाग्रहले पक्राउ गरिएको भन्दै आरोपको खण्डन गरेका छन्। ओनिलमाथि प्रहरीले सोधपुछ गरिरहेको छ। उनलार्ई दुई हप्ता क्वारेन्टिनमा बस्न घर जानका लागि शनिबार नै रिहा गरिने छ।

लामो समय पपुवा न्यूगिनीको नेतृत्वमा रहेका ओनिल आफ्नो कार्यकाल पूरा गरी सन २०१९ मा पदबाट विदा भएका थिए। उनलाई न्युगिनीको राजनीतिमा प्रतिभावान प्रसिद्ध राजनितिज्ञका रूपमा हेर्ने गरिन्छ।
 

कमेन्ट लोड गर्नुस