सुदूर नेपाललाई विश्वसँग जोड्दै

शनिबार गौरीफन्टा नाकाबाट विना परीक्षण १९५९ जना भित्रिए

२०७७ जेठ १०, ०५:५२ खबर संवाददाता

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट भारतमा अलपत्र नेपालीको आजपनि उद्दार गरिएको छ। कोरोना भाईरसको प्रभावले भारतमा जारी लकडाउन र त्यसपछि रोजागरी गुमाएका नेपालीहरु सीमा क्षेत्रमा अलपत्र पर्न थालेपछि आज पनि स्थानीय प्रशासनको समन्वयमा उद्धार गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले आज मात्रै एक हजार ९ सय ५९ जनाको उद्धार भइसकेको बताए।  उद्धार गरिएकाहरुलाई सम्बन्धीत स्थानीय तहमा पठाउने कार्य समेत भइरहेको उनले बताए। 

आज भित्रिएका एक हजार ९ सय ५९ मध्ये कसैको पनि परीक्षण भएको छैन्। किट अभावका कारण उनीहरुलाई परीक्षण नगरी भित्रइएको हो। 

कमेन्ट लोड गर्नुस