सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरुवा बन्दुकसहित दुई जना पक्राउ

२०७७ जेठ १०, ०५:३१

गोरखा : भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। धार्चे गाउँपालिका–१ नउ वनको भेडी गोठबाट भरूवा बन्दुकसहित बाबुछोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए। 

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय आरुघाट गएको प्रहरीको टोलीले धार्चेको वडा नं ६ यार्साका ५० वर्षीय मनु घले र उहाँका छोरा २० वर्षीय नोउबहादुर घलेलाई पक्राउ गरिएको उनले बताए।  
 

कमेन्ट लोड गर्नुस