सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एउटै स्थानीय तहका पाँच जनालाई कोरोना

२०७७ जेठ १०, ०५:०० खबर संवाददाता

धनगढी : सुदूरपश्चिममा एउटै स्थानीय तहका पाँच जनालाई कोरोना संक्रमण फेला परेको छ। बैतडीको शिवनाथ गाउँपालिकाका पाँच जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले शनिवार शिवनाथ गाउँपालिका वडा नम्वर १ का २७ र २० पुरुष, त्यसैगरी वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएको बताएको छ। यस्तै शुक्रवार उक्त गाउँपालिकाको वडा नम्बर १ का २२ वर्षीय युवक पनि कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो। 

शनिबार भेटिएका कोरोना संक्रमित कैलालीको गौरीफन्टा नाकाबाट आएको र सबैजना सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका छन्। भने शुक्रबार भेटिएका पुरुष जिल्ला प्रहरी कार्यालयको थुनामा रहेका थिए। हाल उनी जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा छन्। 

 

कमेन्ट लोड गर्नुस