सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ४ सहित एकैदिन ६८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४

२०७७ जेठ १०, ०४:३८ खबर संवाददाता

धनगढी : नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये  चार जना सदूरपश्चिम प्रदेशको बैतडीका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सेती अस्पतालमा बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुष, कोशी अस्पतालमा झापाका ३३ वर्षका पुरूष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाँकेका ६ जना, नैनापुरका १५ जना, नैनापुर १ मा ६ जना, बर्दियामा एक १९ वर्षीय पुरूष र सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ। बिहानको ३२ र दिउँसो थपिएको ३६ सहित आज शनिबार मात्र ६८ जनामा संक्रमण देखिएको हो। संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य रहेको डा देवकोटाले जानकारी दिए।

कमेन्ट लोड गर्नुस