Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नहरमा डुबेर कञ्चनपुरका एक युवकको ज्यान गयो

खवर संवाददाता
२०७७ जेठ १०, ०४:००
अ+

कञ्चनपुर : नहरमा डुबेर कञ्चनपुरमा एक युवकको ज्यान गएको छ। जिल्लाको भीमदत्त नगरपालिका –६ महाकाली सिंचाईको नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका २७ वर्षीय अशोक धामीको मृत्यु भएको हो। 

पौडी खेल्ने क्रममा एक्कासी डुबेर धामीको ज्यान गएको कञ्चनपुर प्रहरी प्रवक्ता रविन्द्रनाथ पौडेलले बताए। शनिवार बिहान १० बजे नहरमा नुहाउन गएका ती पुरुष बेपत्ता भएपछि खोजी गर्ने क्रममा उनको शव भेटिएको पौडेलले बताए।

Skip Ad