Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नेपालमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

खवर संवाददाता
२०७७ जेठ १०, ०८:५०
अ+

धनगढी : नेपालमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालमा गरिएको परीक्षण्मा थप ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।

कपिलवस्तु, सर्लाही, बारा, काठमाडौँ, रुपन्देही र चितवनका व्यक्तिमा संक्रमण पुष्टि भएको हो। 

सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहीका ८/८, बारा, काठमाडौँ र चितवनमा एक/एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समरि अधिकारीले ले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।  

Skip Ad