सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली प्रदेशमा दुई हजार ७५५ जनाको कोरोना रिपोर्ट नेगेटिभ

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ १०, ०८:४८

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको काेराेना रिपोर्ट नेगेटिभ आएको छ। पाँच जिल्लामध्ये मुगु, हुम्ला, कालिकोट र जुम्लाबाट विभिन्न मितिमा सङ्कलन गरेर परीक्षण गरिएका दुईहजार ७५५ व्यक्तिको स्वाब पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।

प्रतिष्ठान जुम्लाका निर्देशक डा.मङ्गल रावतले प्रतिष्ठानमा शुक्रबारसम्म सङ्कलित सबै स्वाबको पिसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको बताए। भारत गएका तथा देशका विभिन्न स्थानमा रहेका स्थानीयवासी भित्रिने क्रम बढदै जान थालेपछि स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब सङ्कलन गर्ने कार्यलाई तीव्रता दिइएको उनले बताए।

प्रतिष्ठानमै ४२४, कालिकोटबाट ६९५, मुगुबाट ३५१, जुम्लाबाट ७८९, नेपाली सेना ७०, हुम्लाबाट ४०८, पत्रकार १८ जनाको स्वाबको पिसीआर परीक्षण गरिएको हा। आरडिटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको पनि प्रतिष्ठानले जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस