सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपिलवस्तुका सञ्चारकर्मीलाई आइसोलेशनमा राखियो

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ ९, १०:३६

कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई सञ्चारकर्मीलाई करीब १२ घण्टापछि आज बेलुका मात्र आइसोलेशनमा लगिएको छ। वाणगङ्गा नगरपालिकाका एक सञ्चारकर्मीलाई राति करीब ८ः३० मा एम्बुलेन्समा राखी जिल्लाको माहुरी होममा निर्माण गरिएको आइसोलेशनमा लगिएको छ।

सङ्क्रमितसँग सम्पर्कमा आएकाको छिट्टै कोरोना परीक्षण गरिने भएको छ। एक सञ्चारकर्मीको सम्पर्कमा रहेका भनिएका बुद्ध आवाज सञ्चारगृहसँग सम्बन्धित आठ पत्रकार आज नै सेल्फ क्वारेन्टिनमा बसिसकेका छन्।–रासस
 

कमेन्ट लोड गर्नुस