सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्रवार गौरीफन्टा नाकाबाट विना परीक्षण दुई हजार भित्रिए

२०७७ जेठ ९, ०८:३६ खबर संवाददाता

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट भारतमा अलपत्र नेपालीको आजपनि उद्दार गरिएको छ। कोरोना भाईरसको प्रभावले भारतमा जारी लकडाउन र त्यसपछि रोजागरी गुमाएका नेपालीहरु सीमा क्षेत्रमा अलपत्र पर्न थालेपछि आज पनि स्थानीय प्रशासनको समन्वयमा उद्धार गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले आज मात्रै दुई हजार १४ जनाको उद्धार भईसकेको बताउनुभयो। एद्धार गरिएका अधिकासंलाई आज नै सम्बन्धित पालिकामा पर्ठाइएको बताउँदै सुदूरपश्चिम बाहिरका नेपालीलाई भने भोली पठाईने जानकारी दिए। आज भित्रिएका दुई हजार १४ मध्ये कसैको पनि परीक्षण भएको छैन्। कीट अभावका कारण उनीहरुलाई परीक्षण नगरी भित्र्याइएको हो। 

यसअघि बुधबार गौरीफन्टा नाकाबाट ८ सय ५८ र बिहिवार दुई हजार चार सय ९८ मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो। बुधबार कसैको पनि परीक्षण भएको थिएन भने बिहिवार ६ सय जनाको मात्रै ¥यापिड टेस्ट भएको थियो।

कमेन्ट लोड गर्नुस