सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय प्रधानमन्त्री मोदी पश्चिम बंगालमा

२०७७ जेठ ९, ०१:५१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पश्चिम बंगालको भ्रमणमा निस्किएका छन्। उनी शुक्रबार बिहान कोलकाता विमानस्थल पुग्नुभएको बताइएको छ। भारतको पश्चिम बंगालमा अम्फान आँधीले पु¥याएको क्षतिको अनुगमनका लागि उनी त्यहाँ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका बताइएको छ।

बुधबार र बिहीबार आएको अम्फान आँधीका कारण पश्चिम बंगालमा मात्र ७२ जनाको मृत्यु भएको समाचार यसअघि नै आइसकेको जनाइएको छ।प्रधानमन्त्री मोदीलाई शुक्रबार बिहान कोलकत्ता विमानस्थलमा पश्चिम बंगाल राज्यका गभर्नर जगदीप धनखर र पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता बेनर्जीले स्वागत गरेका थिए।

हिजोको आँधीको कारण कोलकत्ता विमानस्थल जलमग्न भएको बताइएको छ। आँधीले यस राज्यमा मात्र पाँच हजार भन्दा बढी घर भत्काएको बताइएको छ।प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बंगालमा आँधीबाट जीवन गुमाउनेहरुप्रति श्रदाञ्जलि अर्पण गरेका थिए। उनले त्यहाँका शोकाकुल परिवारमा समवेदना पनि व्यक्त गरेका थिए।

त्यस आँधीको क्षतिको बारेमा जानकारी लिन र शोकमा परेका परिवारलाई सान्त्वता दिन उनी आज पश्चिम बंगाल पुग्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रधानमन्त्री मोदी आज पश्चिम बंगालका कोलकाता, उडिसालगायतका केही स्थानको भ्रमण गरी त्यहाँको अवस्थाको बारेमा जानकारी लिने बताइएको छ।

साथै यस भ्रमणपछि उनले त्यहाँका अधिकारीहरुलाई विशेष दिर्नेशन दिने कार्यक्रम रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन्। बंगालको खाडीबाट आएको अम्फान नामको आँधी कोलकत्ता आइपुग्दा बुधबार १ सय ९० किलोमिटर प्रतिघण्टाको वेगमा रहेको भारतीय मौसम विभागले जनाएको छ।  यस आँधीका कारण आसाम, मेघालयमा समेत असर गरेको छ। रासस 

कमेन्ट लोड गर्नुस