सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा एकैदिन ६ हजारभन्दा बढी संक्रमित थपिए, ज्यान गुमाउनेको सङख्या ३५ सय नाघ्यो

२०७७ जेठ ९, ०७:१५ खबर संवाददाता

भारतमा दैनिक कोरोना संक्रमित संख्या बढ्दै गएको छ। बिहीबार एकैदिनमा हालसम्मकै बढी ६ हजार एक सय ९८ जना नयाँ संक्रमित थपिएका छन्।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख १८ हजार २२६ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ।

भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय ८४ पुगेको छ। बिहीबार मात्र कोरोना संक्रमणबाट एक ५० जनाको ज्यान गएको छ। 

कमेन्ट लोड गर्नुस